१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सेतीवेनीमा बढ्दै भारतीय पर्यटक

सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
अ अ+ अ-

काठमाडौं । स्याङजा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेनीले पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्त्व पाउन थालेको छ ।

कालीगण्डकी नदीबाट शालिग्राम शिला भारतको अयोध्यामा लगेसँगै सेतीवेनीको शिलाको दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७९ मा म्याग्दीको गलेश्वरधामस्थित कालीगण्डकीबाट लगिएको शालीग्राम अयोध्यामा प्राणप्रतिष्ठा गरिएपछि सेतीवेनी क्षेत्रमा पुगेर शालीग्रामको दर्शन गर्ने र मुक्तिनाथ जाने भारतीय पर्यटक बढिरहेको पण्डित केशवराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार धार्मिक आस्था बोकेको उक्त क्षेत्रको शिला दर्शकका लागि भाकल गरेमा सन्तान प्राप्त हुने, रोकिएका बालबालिकाको वाक्य खुल्ने, रोगव्याधिबाट मुक्ति मिल्ने तथा वैदेशिक रोजगारीमा सफलता प्राप्त हुने जन विश्वास छ ।

भाकल गरिएका विषयमा मनोकामना पूरा भएपछि भक्तजन पुनःआउने भएकाले पछिल्लो समय त्यहाँ दैनिक १०० देखि १५० जना भारतीय पर्यटक शिला दर्शन गर्न आउने गरेको पाइएको छ । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको पहुँच विस्तार भएसँगै त्यहाँ पुग्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

उहाँले भन्नुभयो, “मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्री सेतीवेनीमा रोकिएर शिलाको दर्शन गर्छन् । मुक्तिनाथ जानुअघि त्यस शिलाको दर्शन गरे यात्रा सफल हुने धार्मिक विश्वास छ ।”

कालीगण्डकी नदीस्थित सेतीवेनी तीन जिल्लालाई जोड्ने, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको सङ्गमका रुपमा रहेको छ । पण्डित न्यौपाने भन्नुहुन्छ, “यहाँ आउने पर्यटकले पूजा आराधनासहित नदी किनारको मनोरम दृश्य, शालिग्राम संस्कृतिसँग जोडिएको इतिहास र स्थानीय धार्मिक परम्पराको अनुभव गर्छन् ।” त्यस क्षेत्रको थप प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणका कार्यक्रम अघि बढाउन सके मुलुकको मात्र नभइ सेतिवेनी विश्वकै धार्मिक पर्यटकीय गन्तव्य एवं अनुसन्धानको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।

पछिल्लो वर्षहरुमा सेतीवेनी पुग्ने पर्यटकलाई कालीगण्डकीमा गरिने जल विहार अर्को आकर्षण बनेको छ । स्याङ्जाको मिर्मीबाट सुरु हुने जलयात्राले कालीगण्डकीको मनोरम दृश्य, नदी किनारका वस्ती र प्राकृतिक सम्पदाको अवलोकनबाट पर्यटकलाई बेग्लै आनन्दको अनुभूति दिलाउने छ ।

यसैबीच, कालीगण्डकीमा बर्सेनि आउने बाढीले कटान गर्दै शिलाको आधार क्षेत्र कमजोर बनाएको प्रति स्थानीय चिन्तित रहेको पाइएको छ । उहाँहरुले शिलाको दीर्घकालीन संरक्षणका लागि प्राविधिक अध्ययन गरी सुरक्षित परिक्रमा मार्ग, अवलोकनस्थल तथा संरक्षण संरचना निर्माणमा विशेष ध्यान पु¥याउन तीन तहकै सरकारसँग माग गर्नुभएको छ ।