४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
फाइल फोटो
अ+ अ-

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै धान रोपाइँको काम तीव्र गतिमा अघि बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष धान खेती हुने १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि रहेको छ, जहाँ ८७.०८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकी प्रदेशमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत तथा कोशी प्रदेशमा ५४.९ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ।

यद्यपि, गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ। गत वर्ष साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष असार मसान्तसम्मको प्रगति ६१.६२ प्रतिशत मात्र पुगेको छ।

मौसमको अवस्था, पर्याप्त वर्षा र सिँचाइको उपलब्धताअनुसार आगामी केही दिनमा बाँकी क्षेत्रमा पनि रोपाइँले थप गति लिने अपेक्षा गरिएको कृषि मन्त्रालयले जनाएको छ।