१ असार २०८३, सोमबार
,
Latest
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजार झनै अकासिने



अ+ अ-

काठमाडौं । भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ। मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ।

अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा प्याजको मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका छन्। भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ। काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन्।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भदौ १५ मा प्रतिकिलो ५९ रुपैयाँमा कारोबार भएको थियो। असोज पहिलो साता यसको मूल्य अकासिएको हो। थोकमा प्रतिकिलो ४१ रुपैयाँ महँगिएको छ। खुद्रामा भने झन्डै ८० प्रतिशतले व्यापारीले आफूखुसी मूल्य थपेका छन्। थोक आयातकर्ता अर्जुन सिलवालका अनुसार भारतमा उत्पादन भएको प्याज वर्षा र बाढीका कारण नष्ट हुँदा भाउ बढेको हो।

‘बाढी र डुबानका कारण प्याजको भण्डारगृह पनि प्रभावित भएकाले भारतमै अचाक्ली मूल्यवृद्धि भएको छ’, सिलवालले भने, ‘त्यसले गर्दा नेपाली बजार प्रभावित छ।’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन भएको प्याज झरीले भिजेर बजार आउन सकेको छैन। त्यसको प्रभाव नेपाली बजारमा देखिएको उनले सुनाए।

अघिल्लो सिजनमा उत्पादन भएको प्याज थोरै मात्रै भण्डारण गरिएको थियो। त्यही पनि पानीमा भिजेकाले माग अत्यधिक र आपूर्ति कम भएर मूल्य अत्यधिक वृद्धि भएको हो। भारतका मुम्बई, कोलकाता र चेन्नईलगायत सहरमा प्रतिकिलो ३५ भारु (५५.८८ नेरु)बाट ८० (१२७.७२ नेरु) पुगेको छ। महाराष्ट्रस्थित लासल गाउँमा पनि थोक मूल्य ५० भारु (८० रुपैयाँ नेपाली) पुगेको छ। उक्त ठाउँ एसियाकै ठूलो प्याज बजार मानिन्छ।

नेपालमा प्याज खासै उत्पादन हुँदैन। खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमलालगायत स्थानबाट प्याज आयात हुन्छ। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो।

काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ। त्यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खु र बानेश्वरमा ३०–३० मेट्रिक टनको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टनको कारोबार हुन्छ। अन्नपुर्णपोष्ट दैनिकबाट




भर्खरै