३२ असार २०८३, बिहीबार
,
Latest
दक्षिण कोरियामा तीन वर्ष पछि ब्याजदर वृद्धि आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी खारेज भएको स्वकीय सचिव सुविधा सांसदका लागि पुनः ब्युँताइयो शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता कञ्चनपुरमा श्रीमानको कुटाइः श्रीमतीको मृत्यु पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज छलफल गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्नुहुने भएको छ।

केही बेरमा सुरु हुने उक्त बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता वृद्धि, नीतिगत सुधार तथा उद्यममैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच हुने छलफलले महिला उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक नीति, कार्यक्रम तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।