७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
फाइल फोटो
अ+ अ-

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ ।

त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त गरेको थियो ।

डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौताअनुसार रुख कटान, काठ सङ्कलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

रुख कटान तथा सुरक्षित भण्डारणसम्बन्धी अभिमुखीकरणपछि सामुदायिक वन उपभोक्ता समूहले रुख कटान तथा काठ सङ्कलन सुरु गरेको हो ।

उहाँले भन्नुभयो, “तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्डको पूर्णपालना गर्दै सञ्चालन गरिएको छ । कटान गरिएका काठको सङ्कलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहलाई तारबार एवं सिसिटिभी जडानका लागि आर्थिक सहयोग गरेको छ ।”

भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन, भरतपुर महानगरपालिका–२९ को अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिने जाकारी दिइएको छ ।

प्रसारण लाइन मार्गअन्तर्गत तनहुँमा रुखमा छाप चिह्न लगाउने कार्य भइरहेको जनाइएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न नौ १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो ।

प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेड भारतले काम गरिरहेको छ । ३५ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग हाल्ने र ७२ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत रहेको जनाइएको छ ।