७ असार २०८३, आईतवार
,
Latest
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता परिचयपत्र वितरण



अ+ अ-

पाल्पा । रिब्दीकोट गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । वडास्तरीय अपाङ्गता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी उनीहरुको स्वास्थ्य परीक्षणपछि परिचयपत्र प्रदान गर्न योग्यलाई मात्र परिचयपत्र वितरण गरिएको हो । जिल्ला अस्पतालका चिकित्सकको सिफारिसमा मात्र गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रचलन छ ।

अघिल्लो आव २०७५/०७६ मा परिचयपत्रका लागि सिफारिस भएका २६३ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । उनीहरुले सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षाभत्ता समेत पाउने छन् । रिब्दीकोट गाउँपालिका १ नम्बर वडामा ५१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

रातोकार्ड पाउनेमा १२ जना, नीलो कार्ड १९ जना, पहेँलो कार्ड ११ र सेतो कार्ड पाउनेमा नौ जना छन् । त्यसैगरी वडा नम्बर २ मा ३० जनाले अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । जसमध्ये रातोकार्ड नौ जना, नीलो आठ जना, पहेँलो सात जना र सेता कार्ड छ जनाले पाएका छन् । रिब्दीकोट गाउँपालिकाको ३ नम्बर वडामा दुई जनाले रातो कार्ड प्राप्त गरेका छन् ।

नीलो १४ जनालाई पाँच पहेँलो र सेतो पाँच जना गरी २६ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । रिब्दीकोट गापा ६ नम्बर वडामा तीन जना रातो, पाँच जनालाई नीलो, नौ जनालाई पहेँलो आठ जनालाई सेता गरी २५ जना, वडा नम्बर ७ मा रातो चार जना, नीलो १८ जना, पहेँलो ११ जना, सेतो कार्ड आठ जना गरी ४१ जना अपाङ्गता भएका व्यक्ति भेटेर परिचयपत्र वितरण गरिएको हो ।

त्यसैगरी वडा नम्बर ८ मा रातो कार्ड सात जना, नीलो १० जना, पहेँलो सात जना र सेतो पाँच जनालाई गरी २९ जनालाई गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताए । जिल्ला सदरमुकाम तानसेनसँग जोडिएको गाउँपालिकामा अपाङ्गताको सङ्ख्या बढ्दै छ ।




भर्खरै