१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य यथावत्



अ+ अ-

काठमाडौँ।काठमाडाैँ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै) राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको बैठकले साविककै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेकाले स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार १ साउन बिहान १२:०१ बजेदेखि लागू हुनेगरी साबिककै खुद्रा मूल्य कायम रहने जनाएको छ।

यसअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ निर्धारण गरिएको छ। निगमले विभिन्न स्थानलाई वर्गीकरण गरी सोहीअनुसार मूल्य कायम गरेको जनाएको छ।