१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘सोले’ का कालिया



अ+ अ-

काठमाडौं । भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ बाट तपाई परिचित हुनुहुन्छ भने कालिया नामको पात्रले तपाईलाई पुरानो समयमा अवश्य पुर्याउने छ । फिल्ममा ‘अब तेरा क्या होगा कालिया’ भन्ने गब्बर सिंहको डायलगले अझै पनि समाजमा स्थान पाई नै रहेको हुन्छ ।

उनै कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको हो । विजु खोटेको अस्पतालमा नभई घरमै देह त्याग्ने चाहनाको कारणले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए ।

उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो । मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।