३२ असार २०८३, बिहीबार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री वित्तीय क्षेत्रको सुधार र मौद्रिक स्थायित्वका लागि नीतिगत स्पष्टता आवश्यकः गभर्नर पौडेल रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छौँः श्रममन्त्री उपराष्ट्रपति यादव स्वदेश फिर्ता ५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड



अ+ अ-

काठमाडाैँ । सांसदहरुले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसनलगायत समस्याको समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका राजकिशोर महतोले मुलुकका ठूला तथा सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र समाधान गर्न आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचालु गर्न माग गर्नुभयो । नेपाली कांग्रेसका निश्कल राईले इलामका जीर्ण सडक पूर्वाधार तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले बागलुङको काठेखोला गाउँपालिका–७ र ८ भएर बग्ने रेशाखोला तर्ने क्रममा गुल्मीको मुसिकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएकीले निजको खोजी गर्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो । रास्वपाका धनेन्द्र कार्कीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ मा केही दिनअघि पहिरोले हेमबहादुर दुराको घर पुरिएको र उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मीको टोली सडक अवरुद्ध हुँदा समयमै पुग्न नसकेको जानकारी दिँदै जीर्ण सडकको मर्मतसम्भार हुनुपर्ने माग गर्नुभयो।

सोही पार्टीका सोम शर्माले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापना गराउनेगरी राज्यका संयन्त्रलाई तयार पार्न आग्रह गर्नुभयो । एमालेका राजेन्द्रकुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सोही पार्टीका साजिदा खातुन सिद्धिकीले लालबकैया र बागमती किनारका बस्ती डुबानको जोखिममा रहेका जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गर्नुभयो ।




भर्खरै