३२ असार २०८३, बिहीबार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह थारू आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताः समावेशी नियुक्ति र भाषाको सवाल ओझेलमा राष्ट्र बैंक ‘माइक्रो म्यानेजमेण्ट’मा अल्झिनु हुँदैनः अर्थविद् पृथ्वीराज लिगल बजेट र मौद्रिक नीतिबीच तादात्म्यताको अभावः पूर्वगभर्नर क्षेत्री वित्तीय क्षेत्रको सुधार र मौद्रिक स्थायित्वका लागि नीतिगत स्पष्टता आवश्यकः गभर्नर पौडेल रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छौँः श्रममन्त्री उपराष्ट्रपति यादव स्वदेश फिर्ता ५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रश्तुत भएको सांसद महन्थ ठाकुरको आरोप



अ+ अ-

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गर्नुभएको हो ।

ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी गर्नुभयो । सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाउनु भयो । साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो,‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महशुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ । सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन । नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ । यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन । अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो ? आफ्नो सङ्गठन बनाउने हो कि कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई ? नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानून हो । त यस प्रकार चाहिँ देशलाई धरातल उसमा लागिरहेको छ ।’

शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होमहरूमाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताउनु भयो ।–




भर्खरै