१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य संस्थानले बेच्न थाल्यो खसी, बोका र च्याँग्रा, कुनको कति मूल्य ?



अ+ अ-

काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। सोमबारबाट संस्थानले बेच्न सुरु गरेको हो ।

संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालका अनुसार यस वर्ष संस्थानले ३ हजारको संख्यामा भेडा, च्यांग्रा तथा खसी बिक्रीवितरण गर्ने र ज्युँदो भेडा, च्याँग्रा प्रतिकिलोको मूल्य ७ सय ४० रुपैयाँ र खसीबोका प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरिएको हो। संस्थानले १ हजार ९ सय २० वटा भेडा, च्यांग्रा मनाङबाट ल्याइएको हो भने १ हजारभन्दा बढी खसीबोका मकवानपुरबाट काठमाडौं ल्याइएको संस्थानले जनाएको छ।

खाद्य संस्थानले बेच्न लागेका खसी, बोका तथा च्यांग्राहरु किन्दा पशु चिकित्सकले स्वस्थता परिक्षण गरेको र बेच्दा पनि स्वस्थ र मासु खान मिल्नेरनमिल्ने परीक्षण गरेर मात्र बेच्ने खनालले बताए।