२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मापदण्ड विपरीत मासु पसल



अ+ अ-

गुल्मी । सदरमुकाम तम्घासका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । चाडपर्व नजिकिँदै जाँदा रेसुङ्गा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ, उपभोक्ता मञ्चलगायतले तम्घास बजारका मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत कारोवार गर्दै आएको पाइएको छ ।

अनुगमनका क्रममा सदरमुकाम तम्घासमा रहेका अधिकांश मासु व्यवसायीको मासु काट्ने स्थान निकै फोहर देखिएको र उक्त काटेको मासु बिक्री गर्ने स्थान मात्र सफा देखिएको र बधशाला स्थल अत्यन्तै दुर्गन्धित रहेको भेटिएको छ ।

बधशाला शौचालय नजीकै र अत्यन्तै फोहर अवस्थामा रहेको पाइएको छ । व्यवसायीलाई तत्काल बधशाला सुधार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । मापदण्डअनुसार मासु पसल सञ्चालन नगर्ने व्यवसायीलाई उपभोक्ता ऐनअनुसार कारवाही गरिने उहाँले बताउनुभयो । अनुगमनका क्रममा व्यवसायीले खसी र कुखुराको मासु एउटै ठाउँमा राखेर उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको छ । अनुगमन समितिले म्याद नाघेका खाद्य सामग्रीको बिक्री–वितरणमा रोक लगाउन बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । पहिलो चरणमा समितिले मासु पसलका अतिरिक्त होटल, किराना पसललगायतको अनुगमन गरेको हो ।