३१ असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्तिः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न खोजिएको हो ? ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन राष्ट्रिय सभाको शुन्य समयः मल अभाव, प्रेस स्वतन्त्रता र सुरक्षा चुनौतीबारे सांसदहरूको सरकारको ध्यानाकर्षण कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो आउने आर्थिक वर्षमा निर्माण गरिने १६६ विधेयकहरुको सूची डोजर अभियानमा ९ जनाको मृत्यु, ‘संस्थागत हत्या’ भएको सांसद गीता गुरुङको आरोप प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान



अ+ अ-

काठमाडौं ।  नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै विज्ञापन डबोर्डको अध्यक्ष पदमा एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले योग्य तथा इच्छुक नेपाली नागरिकलाई आगामी साउन ८ गते (शुक्रबार) कार्यालय समयभित्र दरखास्त पेस गर्न आग्रह गरेको हो।

मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, आवेदनसँग संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

इच्छुक उम्मेदवारहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न मन्त्रालयले अनुरोध गरेको छ।




भर्खरै