१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङमा सिँचाइ सुविधा विस्तार
अ अ+ अ-

बागलुङ। बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् ।  ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत ११४ सिँचाइ योजनामध्ये १०७ वटा सम्पन्न भएका छन् ।  सिँचाइ कुलो र नदी नियन्त्रणका लागि रु १२ करोड ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो ।

कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार योजना सम्पन्न भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार भएको छ । यससँगै जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।

आचार्यका अनुसार स्वीकृत ११४ योजनामध्ये सात वटा विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् । प्राविधिक समस्या, स्थलगत कठिनाइ, ठूलो लागतका योजना भए पनि पर्याप्त बजेट नहुनु र अन्य कारणले ती योजना रोकिएका हुन् ।

निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्षभित्र परेकाले काम गर्न नसकिएको उहाँले बताउनुभयो ।  केही योजनामा लागत धेरै भए पनि बजेट कम भएकाले कार्यान्वयन हुन सकेन ।

जाउलेपानी–मधु सिँचाइ योजना आरक्ष क्षेत्रभित्र परेकाले रोकिएको हो भने खाराखेतदेखि भब्रेटा–झिङ्गलबारी–रातामाटा–घम्सिन–सोरबोट–खप्तरीबाङ सिँचाइ योजना लिफ्टिङ प्रणालीबाट सञ्चालन गर्नुपर्ने भएकाले प्राविधिक रूपमा कार्यान्वयन गर्न कठिन भएको उहाँले बताउनुभयो ।

यस्तै, बागपानी–कटुवाल डेरा सिँचाइ योजना, निसीखोला–५ का लागि दुई पटक ठेक्का आह्वान गर्दा पनि कुनै निर्माण कम्पनीले आवेदन नदिएको उहाँले जानकारी दिनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुजन खड्काले ठूलो लागतका योजनामा पर्याप्त बजेट नआउँदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो । रु  एक करोड लागतको योजनामा १० लाख मात्र बजेट आउँदा काम गर्न चुनौती भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार केही योजनाको स्रोत सुनिश्चित गरी आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गर्ने गरी ठेक्का लगाइएको छ । काठेखोलाको रेश, बडिगाडको मालारानी र तमानखोलाको नर्जाखानीलगायत योजना १५ वटा प्याकेजमा ठेक्का लगाइएको उहाँले जानकारी दिनुभयो ।

“हामीले नयाँ संरचना निर्माण गर्नुका साथै पुराना सिँचाइ कुलोको मर्मत पनि गरेका छौँ,”  प्रमुख खड्काले भन्नुभयो, “सिँचाइ सुविधा पुगेपछि केही बाँझो जमिनमा पनि यस वर्ष धान रोपिएको छ ।” रासस