१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक

हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक
फाइल फोटो
अ अ+ अ-

बागमती। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई सडकमार्गमा बुधबार बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गर्नुभएको सूचनामा हेटौँडा–भैँसे–काठमाडौँ र हेटौँडा हुँदै काठमाडौँ जाने कान्तिराजमार्गमा आज साँझ ६.३० बजेदेखि भोलि बिहान ५.०० बजेसम्मका लागि सवारीसाधन आवगामनमा रोक लगाएको उल्लेख गरिएको छ ।

यही असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्दै गएको प्रशासनको सूचनामा भनिएको छ ।

मौसम पूर्वानुमानअनुसार थप वर्षा हुने सम्भावना रहेको भन्दै प्रशासनले बागझोर क्षेत्रमा जुनसुकै समयमा ग्रेगनसहितको पानीको भेल आउन सक्ने जोखिम रहेको उल्लेख गरेको छ ।

भीमफेदीस्थित बेलिब्रिज मर्मतको क्रममा रहेको तथा वैकल्पिक डाइभर्सन बाढीले बगाएको, हेटौँडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौँ जाने सडकखण्डमा वर्षा हुनासाथ ढुङ्गा खस्ने तथा पहिरो जाने उच्च जोखिम कायम रहेकाले यात्रुको सुरक्षा तथा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यी सडक खण्डमा भोलि बिहानसम्मका लागि सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

हाल कायम रहेको विपद् जोखिमलाई दृष्टिगत गरी अत्यावश्यक अवस्थाबाहेक रात्रीकालीन समयमा कुनै पनि सडकमार्गमा यात्रा नगर्न सम्पूर्ण सवारी चालक तथा यात्रुहरूमा प्रशासनले अनुरोध गरेको छ ।

कुनै विपद्जन्य घटना घट्न गएमा वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क सम्पर्क नं १२३४, सम्बन्धित स्थानीय तह, स्थानीय जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई यथाशीघ्र जानकारी गराउनसमेत प्रशासनले सबैमा आग्रह गरेको छ । रासस