२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई आलुको बोक्रा फ्याँक्नु हुन्छ ! आजै बाट बन्द गर्नुहोस्, यस्ता छन् फाईदा



अ+ अ-

काठमाडौं । आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ आलुको बोक्राः

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ ।

डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस् ।

१. रक्तचाप नियन्त्रणमा राख्छःआलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् ।

२. तौल नियन्त्रणमा रहन्छःआलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रासहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

३. रक्तअल्पत्तामा पनि फाइदाजनकःआलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ ।

४. ऊर्जाले भरिएको हुन्छःआलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् ।

५. पाचन क्रिया बलियो बनाउँछःआलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आदिबाट पनि जोगाउँछ ।

६. कपाललाई कालो बनाउँछःयदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।

७. डार्क सर्कललाई टाढै राख्छःआँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ ।




भर्खरै