१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित
अ अ+ अ-

खोटाङ। नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारीलाई सम्मान गरेको छ ।

दिक्तेलस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना तथा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति तथा कार्यालयकी लेखापाल सविना मगरलाई सम्मान गरिएको हो ।

यस्तै वार्लङखोला तीनतले चिउरीभिर तथा बाँझगरा कुलो सिँचाइ योजनाले सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण र व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै सम्मान गरिएको कार्यालयले जनाएको छ ।

दुवै समितिले गुणस्तरीय कार्यसम्पादन, किसानहरूको व्यापक सहभागिता, स्थानीय स्वामित्वको भावना प्रवद्र्धन, बाली सघनीकरण, विविधीकरण तथा बजारीकरणमा देखाएको सक्रियता अनुकरणीय रहेकाले सम्मान गरिएको डिभिजन प्रमुख डा महेश यादवले जानकारी दिनुभएको छ ।

कार्यालयले हरेक वर्ष योजनाको निर्माण तथा सञ्चालनको मूल्याङ्कन गरी उत्कृष्ट काम गर्ने योजनाका उपभोक्ता समितिलाई सम्मान गर्ने गर्दै आएको छ ।

डिभिजन कार्यालयले लामो समयदेखि सञ्चालनमा नरहेका पुराना सिँचाइ योजनालाई पुनःसञ्चालनमा ल्याएर कृषि उत्पादन वृद्धि तथा बसाइँसराइ न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्यले काम गरिरहेको जानकारी दिएको छ ।

विगत नौ वर्षदेखि बन्द रहेको बाँझगरा कुलो सिँचाइ योजनामा हाल पानी सञ्चालन भइसकेको र त्यसबाट किसान उत्साहित भएका छन् ।

करिब १५ वर्षदेखि सञ्चालनमा नरहेको वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना पुनः सञ्चालनमा आएपछि त्यहाँ चैते धान रोपेर उत्पादनसमेत भइसकेको जानकारी प्राप्त भएको कार्यालय प्रमुख डा यादवले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा वित्तीय प्रशासन तथा व्यवस्थापनतर्फ उत्कृष्ट योगदान पु¥याएको भन्दै लेखापाल सविना मगरलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।

सम्मान कार्यक्रममा डिभिजन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा सम्पादन गरेको कार्यक्रमको समिक्षा समेत गरेको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र कार्यालय प्रमुख डा यादवले सम्मानपत्रसहित खदा ओढाएर सम्मान गर्नुभयो । रासस