१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा ठाकुर



अ+ अ-

उर्मिला यादव यात्री, सुनवल । नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा कैलाश ठाकुर चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष ठाकुरले पश्चिम नवलपरासीमा रहेका सम्पुर्ण संघ संस्थाहरु तथा कार्यालयहरुले गरेका कार्यहरुको निष्पक्ष , प्रादेशिक र राजनितिक बिहिन तरीकाले निगरानी गर्दै अगाडि बढने बताउनु भएको छ ।

उहाले जिल्लाको सम्पुर्ण नागरीकको हकहितको लागी कार्य गर्दै नागरीक समाजलाइ जिल्लाकै नमुना समाजको रुपमा परिचित गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जिल्लाको हरेक नगरपालिका , गाउपालिका लगायत क्षेत्रमा यसको बिस्तार गर्दै जाने समेत बताउनु भएको छ ।

पुर्व नागरीक समाज पश्चिम नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख आथित्यातमा आज सोमबार परासीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता , पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा , नेपाल रेडक्रस सोसाइटी नवलपरासीका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी , उपभोत्ता हित संरक्षण मंच नवलपरासीका अध्यक्ष रामजी ज्ञवाली , परासी क्याम्पसका अध्यक्ष सुमन गोपाल आचार्य ,उद्योग बाणिज्य संघ नवलपरासीका सदस्य उमेश पौडेल लगायतले मन्तब्य राख्दै शुभकामना ब्यक्त गर्नु भएको नागरीक समाजका सचिव राजेश कुमार गुप्ताले जानकारी दिनु भएको छ ।