१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल

मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल
अ अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफल सुरु भएको छ ।

मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न प्रदेशसभाद्वारा गठित कार्यदलले दिएको १० बुँद्धे सुझावसहितको प्रतिवेदनलाई प्रदेश सरकारले विनियोजन विधेयकको अङ्कका रुपमा स्वीकारेपछि प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

बजेट पूर्वाग्रही र त्रुटीपूर्ण रहेको भन्दै प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान राख्दै आएको थियो । यही असार २८ गते बसेको प्रदेशसभा बैठकबाट बजेटलगायतमा देखिएका समस्या समाधान गर्न गठित सात सदस्यीय कार्यदलले आजको प्रदेशसभा बैठकमा बजेटमा देखिएको कमीकमजोरी सच्याउन बिभिन्न १० बुँद्धे सुझावसहितको प्रतिवेदन पेस गरेको थियो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले कार्यदलको प्रतिवेदनलाई सरकारले स्वीकार गरेको र यसलाई विनियोजन विधेयकको अङ्गका रुपमा ग्रहण गरेको घोषणा गरेपछि प्रदेश विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।

आजको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी थारु, चन्दन सिंह, अनिताकुमारी साह, ललिता दास र सुरिताकुमारी साहले प्रदेश विनियोजन विधेयकका विषयमा आ–आफ्ना सुझावहरु राख्नुभयो ।

प्रदेशसभाको भोली बिहान ८ः०० बजे बस्ने बैठकमा प्रदेश विनियोजन विधेयकमाथि छलफल जारी रहने सभामुख रामअशिष यादवले बताउनुभयो । आजको बैठकमा सिरहाको गोलबजार नगरपालिकामा खाल्डोमा डुबेर तीन बालबालिकाको मृत्यु भएको घटनाको विषयलाई प्रदेशसभा सदस्यहरुले उठाएको विषयमा सभामुख यादवले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली २०८२ को नियम १४१ निलम्बन गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख यादवले घोषणा गर्नुभयो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले असार १ गते प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । रासस