३१ असार २०८३, बुधबार
,
Latest
प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू



अ+ अ-

काठमाडाैँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत बहन गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारका पूर्वनिर्णयअनुसार गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।