१ असार २०८३, सोमबार
,
Latest
जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अजरबैजान जाँदैे, राष्ट्रपति भने जापान



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले पुष्टि गरेको छ।

कात्तिक ५ मा आयोजना हुने सम्राट नारोहितोको राज्याभिषेकमा सहभागी हुन विश्वबाट २ हजार ६ सय पाहुना जापान पुग्दै छन्। जापानी सञ्चारमाध्यमका अनुसार सो दिन मुलुकभर बिदा घोषणा गरेर राष्ट्रिय पर्वका रूपमा राज्याभिषेक मनाइनेछ।सम्राट अकिहितोले उमेर र स्वास्थ्यका कारण युवराज नारोहितोलाई ६ महिनाअघि राजगद्दी हस्तान्तरण गरेको थियो। अकिहितोको २०४७ सालमा राज्याभिषेक हुँदा विश्वका विभिन्न मुलुकबाट झन्डै ३ हजार ५ सय अतिथि सहभागी थिए।

कात्तिक ५ देखि १४ सम्म हुने राज्याभिषेकका जम्मा चार समारोहमा नारोहितो सहभागी हुने कार्यक्रम छ। उनको पिताका पालामा यस्ता सात समारोहको आयोजना गरिएको थियो। ८५ वर्षीय अकिहितोले वैशाख १७ गते सम्राट पदबाट राजीनामा दिएपछि १८ मा नारोहिताले राजगद्दी सम्हालेको हो। राष्ट्रपति भण्डारी वर्मा हुँदै टोकियो पुग्ने प्रारम्भिक कार्यतालिका तयार भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीको भ्रमण आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली पनि युरोपेली मुलुक अजरबैजानको भ्रमणमा जाने भएको छ। सो मुलुकको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन त्यता प्रस्थान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने बताइए पनि यसबारेको विस्तृत कार्यतालिका अझै तयारी हुन बाँकी रहेको बताइएको छ। सम्मेलनमा १ सय २० राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र प्रतिनिधि सहभागी रहनेछन्। नेपाल समाचारपत्र दैनिकबाट