३० असार २०८३, मंगलवार
,
Latest
अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यकः अर्थमन्त्री



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रश्तुत गर्नुभएको छ ।

मंगलवारको सभाको बैठकमा मन्त्री वाग्लेले उक्त विधेयक सदनसमक्ष पेश गर्नुभएको हो । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम उक्त विधेयक प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति दिनुभएको थियो ।

विधेयकका उद्देश्यबारे प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार कानूनी दोहोरोपना अन्त्य गर्न तथा कम समय र लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक तर्जुमा गरिएको हो ।

प्रश्तावित विधेयकमा प्रादेशिक विकास योजनाहरू कार्यान्वयन गर्ने ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन २०५५ र राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० लाई खारेज गर्ने प्रश्ताव गरिएको छ ।

सोही विधेयकमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ लाई समयानुकूल संशोधन गर्ने लक्ष्य राखिएको छ ।