३० असार २०८३, मंगलवार
,
Latest
अस्थायी तथा करार कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्नाः सेवा निरन्तरता र सर्वोच्चको फैसला कार्यान्वयनको माग सवारी आतंक र जथाभावी पार्किङ गर्नेमाथि कानूनी कारबाही हुने सरकारको प्रतिवद्धता संविधानले दिएका आदिवासी जनजातिको अधिकार जोगाउनु नै अहिलेको प्राथमिकताः वरिष्ठ अधिवक्ता शाक्य यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका ५ निर्णयहरू नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त अवैध रुपमा भित्र्याइएको लाखौँ मूल्य बराबरको काजु बरामद पूर्वाधार विकासको नयाँ योजनाबाट म आफैँ अचम्मित छुः सांसद मगर शङ्कास्पद पार्किङ प्रकरणमा छानबिन हुनुपर्ने रास्वपा सभापति लामिछानेको माग विश्वविद्यालयलाई दलीय राजनीतिमुक्त बनाउन उपकुलपतिहरूको प्रतिबद्धता, ७ दिनभित्र सुधार कार्ययोजना पेस गर्न निर्देशन नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । मन्त्री गौतमले शुरुमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रश्ताव गर्नुभएको थियो ।

सभामुखले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्दा सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट मन्त्री गौतमले नै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने अर्को प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । उक्त प्रश्ताव पनि बैठकले सर्वसम्मतिले पारित गरेको छ ।