३० असार २०८३, मंगलवार
,
Latest
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन मन्त्रिपरिषद बैठक ४ बजे शुन्य समयः सञ्चार गृहमाथिको दबाबदेखि जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति स्वास्थ्य बीमा असफल भएको सांसद तामाङको दाबी बीमाको पहुँच र तथ्यांकमाथि सांसद केरुङको प्रश्नः ‘५१ प्रतिशतको तथ्यांक वास्तविक नहुन सक्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सोमबार बिहान २:४० बजे उपचारकै क्रममा मण्डलको निधन भएको जानकारीपछि थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय मण्डलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

साथै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहन धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

सभापति थापाले यस दुःखद घडीमा आफू शोकसन्तप्त परिवारको साथमा रहेको उल्लेख गर्दै स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्।

विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि उपचाररत अवस्थामा आज बिहान निधन भएको हो। उक्त घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया सम्बन्धित निकायले अघि बढाइरहेको छ।