३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ

संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ
अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चिकित्सकहरु लामो समयदेखि उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले नेपाल मेडिकल काउन्सिलको तथ्यांक उद्धृत गर्दै नेपालमा वार्षिक रूपमा दर्ता हुने चिकित्सकको संख्याभन्दा बढी चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको पाइएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

उहाँले न्युन पारिश्रमिक, लामो तथा अमानवीय कार्यघण्टा, बिदाको अभाव, रोजगारीको अनिश्चितता र श्रम शोषणका कारण चिकित्सक बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनु भयो । एकातिर सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुर्नुपर्ने र अर्कोतर्फ विशेषज्ञ चिकित्सकले रोजगारी नपाउने अवस्था रहेको भन्दै उहाँले सरकारले जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संकटको समयमा राज्यको शक्ति लाठीमा होइन संयम, संवाद र अभिभावकत्वमा हुनुपर्दछ । तर यहाँ कस्तो देखियो भने माईतीघर मण्डलामा दुई वटा समूह अहिले पनि आन्दोलनमा बसिरहनुभएको छ । माईतीघरमा आज पनि चिकित्सकहरु उचित पारिश्रमिक, सम्मानजनक श्रम र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलनमा हुनुहुन्छ । उहाँहरु लामो समयदेखि त्यहाँ बसिराख्नु भएको छ ।

सरकारको त्यसतर्फ ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु । नेपाल मेडिकल काउन्सिलले नेपालमा वर्षेनी दर्ता हुने चिकित्सकको संख्याभन्दा धेरै चिकित्सकले विदेश जान आवश्यक कागजात बनाउने गरेको चिन्ताजनक अवस्था पनि सार्वजनिक गरेको छ । चिकित्सकहरु देश छोड्न चाहनुको कारण केवल विदेशको आकर्षण होइन, न्युन पारिश्रमिक र लामो र अमानवीय कार्य घण्टा, विदाको अभाव, रोजगारीको अनिश्चितता तथा श्रम शोषण प्रमुख कारण हो भनेर उहाँले बताउनुभएको छ । साढे चार वर्षको कठिन अध्ययन पूरा गरेका इन्टर्न चिकित्सकलाई केही निजी मेडिकल कलेजले अत्यन्त न्यून भत्ता दिएर पूर्णकालीन काम गराइरहेका पनि छन् भन्ने उहाँले भन्नुभएको छ । चिकित्सकले लगातार ३६ देखि ६० घण्टासम्म ड्यूटी गर्नु पर्ने अवस्था पनि रहेको छ । एकातिर बिरामी सरकारी अस्पतालमा सेवा लिन लामो लाइन बस्न बाध्य हुनुभएको छ, अर्कोतिर विशेषज्ञ चिकित्सकले काम पाउन सकिरहेका छैनन् । जनशक्तिको अभाव मात्र होइन व्यवस्थापन र पूर्वाधारको असफलता पनि हो । त्यसकारण राज्यले यी सबै कुराको कार्यान्वयको लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सुकुम्बासी नागरिकलाई उचित वैकल्पिक व्यवस्थापन नगरि होल्डिङ सेन्टरबाट हटाउन नमिल्ने धारणा पनि राख्नुभयो । –न्युज एजेन्सी नेपाल