२९ असार २०८३, सोमबार
,
Latest
मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा… संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ नेम्वाङ प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी सञ्चारमाध्यमको संख्या धेरै भयो, यसलाई व्यवस्थित गर्नुपर्छः उपनेता पराजुली ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियत घोषणाः विद्युतीय सवारीधनीदेखि लक्षित वर्गसम्मलाई छुट बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण सङ्खुवासभाबाट गाँजासहित पक्राउ कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित प्रगति नभएका जलविद्युत् आयोजना वर्गीकरण गरी आवश्यक निर्णय गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई फेरि ३ दिन हिरासतमा राख्न अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन



अ+ अ-

काठमाडाैँ । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ ।

कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो । बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर करिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको उहाँको भनाइ छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सञ्चालन हुने यातायात ठप्प भएका थिए भने मुक्तिनाथ जाने पर्यटक अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो ।

“निरन्तर वर्षा र बगिरहेको लेदोसहितको पहिरोका कारण सडक खुलाउन समय लाग्यो । लामो प्रयासपछि अहिले सडक खुलेको छ,” उहाँले भन्नुभयो, “सडक जोखिमपूण छ, यात्रा गर्दा सतर्कता अपनाएर यात्रा गर्न सवारी चालक तथा यात्रु सबैमा आग्रह गर्दछौँ ।”




भर्खरै