२९ असार २०८३, सोमबार
,
Latest
सर्वोच्चको अन्तरिम आदेशपछि आयोगको स्पष्टोक्ति: अन्य पदाधिकारीको सम्पत्ति छानबिन जारी रहने सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजानुपर्दछः मन्त्री पुन ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ प्रभावकारी कार्यान्वयनबारे सरकार–आइएलओबीच छलफल दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता प्रेसमाथि त्रास फैलाउने गतिविधिको रास्वपाद्वारा भर्त्सना, तत्काल अनुसन्धानको माग उपभोक्ता अधिकारसम्बन्धी गम्भीर मुद्दा अदालतमा पुग्नै सकेनन्ः अध्यक्ष भट्ट कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसमाथि त्रास फैलाउने गतिविधिको रास्वपाद्वारा भर्त्सना, तत्काल अनुसन्धानको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले उक्त घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

सोमबार जारी विज्ञप्तिमा रास्वपाले राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने वा निर्भीक रूपमा काम गर्ने वातावरणलाई प्रभावित पार्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गरेको छ।

पार्टीले लोकतान्त्रिक प्रणाली, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा सदैव दृढतापूर्वक उभिने जनाएको छ।

रास्वपाले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यका गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिने यस्ता गतिविधिको पार्टीले भर्त्सना गरेको छ।

विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाको तत्काल अनुसन्धान गरी संलग्न व्यक्तिको पहिचान गरेर कानुनबमोजिम कारबाही गर्न तथा सम्पूर्ण सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ।

रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।




भर्खरै