२९ असार २०८३, सोमबार
,
Latest
प्रगति नभएका जलविद्युत् आयोजना वर्गीकरण गरी आवश्यक निर्णय गरिन्छ : ऊर्जामन्त्री श्रेष्ठ सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई फेरि ३ दिन हिरासतमा राख्न अनुमति राज्यले नागरिकको आवाज दबाउन खोजेको सभापति थापाको आरोप सर्वोच्चको अन्तरिम आदेशपछि आयोगको स्पष्टोक्ति: अन्य पदाधिकारीको सम्पत्ति छानबिन जारी रहने सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजानुपर्दछः मन्त्री पुन ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ प्रभावकारी कार्यान्वयनबारे सरकार–आइएलओबीच छलफल दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध



अ+ अ-

काठमाडौं । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ ।

आज बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले सडक डिभिजन कार्यालयको सहयोगमा एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी जनक शर्माले जानकारी दिनुभयो ।

“पानी पर्दा साथ गगने खोलामा पटक–पटक पहिरो जाने गरेको छ”, उहाँले भन्नुभयो, “अवरुद्ध रहेको सडक अहिले एक्साभेटरद्वारा खुलाउने काम जारी छ ।”

गगने खोलामा प्रत्येक वर्ष सामान्य पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । शुक्रबार पनि गगने खोलामा लेदोसहितको पहिरो आएका कारणले अवरुद्ध भएको थियो ।




भर्खरै