२९ असार २०८३, सोमबार
,
Latest
सर्वोच्चको अन्तरिम आदेशपछि आयोगको स्पष्टोक्ति: अन्य पदाधिकारीको सम्पत्ति छानबिन जारी रहने सरकारले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजानुपर्दछः मन्त्री पुन ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ प्रभावकारी कार्यान्वयनबारे सरकार–आइएलओबीच छलफल दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍योः ज्ञानेन्द्र शाही पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता प्रेसमाथि त्रास फैलाउने गतिविधिको रास्वपाद्वारा भर्त्सना, तत्काल अनुसन्धानको माग उपभोक्ता अधिकारसम्बन्धी गम्भीर मुद्दा अदालतमा पुग्नै सकेनन्ः अध्यक्ष भट्ट कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती



अ+ अ-

काठमाडाैँ । विभिन्न नयाँ कार्यक्रमका साथै परीक्षा प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थीे र अभिभावकलाई आकर्षित गरिरहेको बागमती विश्वविद्यालयले यस वर्ष थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले यसै वर्षदेखि स्नातकतहमा कम्प्युटर इन्जिनियरिङ, बिएएलएलबी, बिएचएम र बिपिएम विषयका कक्षा सञ्चालन गर्न लागेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एण्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातकतहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल एक हप्ताभित्र प्रकाशित गरेको थियो । विभिन्न विषयमा स्नातकतहको कक्षा सञ्चालन गरिरहेकामा यस वर्षदेखि थप चार विषयमा स्नातक कक्षा सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

“यस वर्ष स्नातकतहमा थप गरिएका विषयमध्ये बिएचएम हेटौँडा क्याम्पसमा, कम्प्युटर इन्जिनियरिङ कपन क्याम्पसमा, बिएएललबी जनमैत्री क्याम्पसमा र बिपिएम भुवानी शङ्कर क्याम्पसमा पढाउने गरी आवेदन माग गरिएको छ”, उहाँले भन्नुभयो । थप गरिएका विषयमध्ये बिएएलएलबीमा ५० र अन्य विषयमा ४०÷४० जना विद्यार्थीको भर्ना लिइने अध्यक्ष प्राडा पौडलले जानकारी दिनुभयो । विश्वविद्यालयले हालसम्म विभिन्न विषयका १४ वटा पाठ्यक्रम तयार गरिसकेको र यस वर्षदेखि स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

संविधानतः उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप विसं २०८१ जेठ २५ गते उक्त विश्वविद्यालय स्थापना भएको थियो । विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० जना विद्यार्थी अध्ययनरत छन् ।




भर्खरै