३० असार २०८३, मंगलवार
,
Latest
एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग सांसद खुश्बु ओलीको माग ‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’: सांसद डा. अर्जुन कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते



अ+ अ-

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ राङसीमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

गएराति परेको अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले ६० वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार राति सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार मृतककी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र सात वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्। स्थानीयवासी र प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।