३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घट्दा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने संकेत

हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घट्दा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने संकेत
अ+ अ-

काठमाडौं। हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षै कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेका अनुसार जलविद्युत् कम्पनीले लगानीकर्तालाई रिटर्न दिन नसक्नु नै जलविद्युत्को सेयर घट्नुको प्रमुख कारण हो ।

उनले भने, ‘हाइड्रोपावर कम्पनीहरू निश्चित आम्दानी भएको क्षेत्र हो, यसमा अन्य क्षेत्र जस्तो उल्लेख्य आम्दानी हुँदैन, त्यसमा पनि सरकारले दिने सहुलियत पाएकै छैन, प्राधिकरणले विभिन्न किसिमका पेनाल्टी लगाएकै कारण धेरै जलविद्युत् कम्पनी रुग्ण अवस्थामा हुँदा यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा परेको हो ।’ नेपालको पानी जनताको लगानी, हरेक नेपालीको सेयरमा लगानी भन्दै नारा लगाउँदै आएको सरकारको कमजोर नियमन र स्पष्ट कानुनी व्यवस्था नहुँदा अब आउने जलविद्युत्को सेयरमा लगानी नै नआउने संकेत देखिन थालेको छ ।

यतिबेला दोस्रो बजारमा सूचीकृत भएका ३२ वटा जलविद्युत् कम्पनीमध्ये १८ वटा कम्पनीको सेयरको मूल्य अंकित ९सय०भन्दा तल छ । त्यसमा पनि पाँचवटा कम्पनीको सेयर मूल्य ५० रुपैयाँदेखि ६० को आसपासमा छ । बजारको स्थिति हेर्दा अब आउने आईपीओमा लगानीकर्ताले सेयर नै नभर्ने स्थिति पैदा भएको छ ।

सूचीकृत कम्पनी सेयर मूल्य आँखुखोला जलविद्युत् कम्पनी ५३
अरुण भ्याली हाइड्रोपावर ९७
बरुण हाइड्रोपावर ८९
छ्याङ्दी हाइड्रोपावर ८१
दिव्यश्वरी हाइड्रोपावर ५५
घलेम्दी हाइड्रोपावर ६३
जोशी हाइड्रोपावर ५६
कालिका पावर कम्पनी ७७
खानीखोला हाइड्रोपावर ६१
माउन्टेन हाइड्रोपावर ७८
नेसनल हाइड्रोपावर ५३
नेपाल हाइड्रोपावर ९४
पञ्चकन्यामाई हाइड्रोपावर ८९
पाँचथरपावर कम्पनी ९५
रिडी हाइड्रोपावर कम्पनी ८२
सिनर्जी हाइड्रोपावर कम्पनी ७८
युनियन हाइड्रोपावर कम्पनी ५५
युनिभर्सल पावर कम्पनी ७९

हाल नेपाल स्टक एक्स्चेन्जमा ३२ वटा कम्पनीको जम्मा ५० करोड ५६ लाख ७८ हजार ४२ कित्ता सेयर सूचीकृत छन् । जसको बजार पुँजीकरण ९३ अर्ब १६ करोड ३७ लाख ५८ हजार ५३० रुपैयाँ रहेको नेपाल स्टक एक्स्चेन्जको तथ्यांकमा उल्लेख गरिएको छ । जलविद्युत्को सेयर दिन प्रतिदिन अंकित मूल्यभन्दा तल जाँदै गर्दा सेयरमा लगानी गरेका लगानीकर्ता निकै निराश बनेको बताउँछन् ।

लगानीकर्ताले जलविद्युत् कम्पनीका प्रमोटरले हकप्रद सेयर र आईपीओ बिक्री गरेर बजारबाट उठेको रकमसमेत अन्य क्षेत्रमा प्रवाह गरेको हुँदा लगानीकर्ता मारमा परेको आरोप लगाएका छन् ।
यता जलविद्युत् कम्पनीको सेयर निरन्तर घटिरहँदा निजी क्षेत्र र सरकारी स्तरबाट ७ हजार ९५४.४४६ मेगावाटका विभिन्न २०९ आयोजना निमार्णाधीन अवस्थामा रहेको देखिन्छ भने सय मेगावाटभन्दा बढीका ३५ आयोजना, २५ देखि सय मेगावाटसम्मका ५६ आयोजना, १ देखि २५ मेगावाटसम्मका १८५ आयोजना र १ मेगावाटभन्दा कमका १६ आयोजनाको १७ हजारभन्दा बढी मेगावाटका आयोजना अध्ययनको क्रममा छन् ।

लगानीकर्ताको जलविद्युत्मा लगानी गर्ने चासो घटिरहेका बेला यी आयोजना बन्नेमा भने आशंका नै देखिन्छ । सरकारले प्रतिबद्धता गरेको सहुलियत जलविद्युत् कम्पनीले पाउने बित्तिकै ५० प्रतिशत जलविद्युत् कम्पनीको समस्या समाधान हुन्छ । अहिले २० वटा कम्पनी रुग्ण अवस्थामा रहेको भन्दै सरकारसँग गुहार गर्दै आएका छन् । हामीले सरकारसँग पहल गर्ने हो, त्यो गरिरहेका छौं । हाल भएको निजी क्षेत्रको जलविद्युत् उत्पादनको समयावधि ३५ वर्षलाई बढाएर ७० वर्ष राख्नुपर्ने माग गरेका छौं ।

यसले निजी क्षेत्रको ऊर्जातर्फ आकर्षण बढ्नुका साथै लगानीकर्ताको पनि सक्रियता बढ्ने देखिन्छ । जलविद्युत्को विकासकै लागि राष्ट्र बैंकसँग जलविद्युत् कम्पनीका लागि रिफाइनान्सिङको व्यवस्था गरेर ३ प्रतिशतमा ब्याज दिनेगरी छलफलसमेत गरिरहेका छौं । अहिले समग्र बजार नै घटेर लगानीकर्ताको कन्फिडेन्स कमजोर भएको अवस्था हो ।

यसको प्रभाव जलविद्युत्मा पनि परेको छ । यसको मतलब यो होइन कि जलविद्युत्मा लगानीकर्ताको चासो नै होइन । हामीले पछिल्लो अवस्थालाई हेर्दा अधिकांश कम्पनीको सेयर घटेका बेला लगानीकर्ताले ठूला र साना आयोजना छुट्याउन थालेको संकेत देखिएको छ । राजधानी दैनिकबाट