२८ असार २०८३, आईतवार
,
Latest
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार सुनिश्चित हुनुपर्छः सचेतक परियार बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द ‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’ बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित राप्तीमा बेपत्ता एक जनाको शव फेला इरानमा अमेरिकी र इरानद्वारा खाडी राष्ट्रहरुमाथि आक्रमण, स्थिति झनै गम्भीर गोदावरी नदीबाट एक जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच ४ घण्टा छलफल



फाइल फोटो
अ+ अ-

काठमाडौं। पछिल्लो घटनाक्रमहरूबाट दबाबमा परेका प्रधानमन्त्री बालेन्द्र शाह रास्वपा सभापति रवि लामिछानेलाई भेट्न आइतबार बिहान आफैँ बुढानिलकण्ठस्थित उनको निवास पुगेका छन्।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किएका थिए ।

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच वर्तमा परिस्थितिका अन्य घटनाक्रमहरूबारे पनि कुराकानी भएको स्रोतले बताएको छ।

सरकारको कामकारबाहीबारे उब्जिएको तीव्र असन्तुष्टिबारे पनि उनीहरूबीच कुराकानी भएको थियो।