२८ असार २०८३, आईतवार
,
Latest
अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी



अ+ अ-

काठमाडौं  । विभिन्न राजनीतिक दलसँग आबद्ध सुकुम्बासीसम्बन्धी संघ–संगठनहरूले भूमिहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा उपलब्ध नगरिए सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल सुकुम्बासी संघसहितका विभिन्न संगठनहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आश्वासन मात्रै बाँड्दै आएको आरोप लगाए।

अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले सरकारले विधि र प्रक्रियाअनुसार भूमिहीन सुकुम्बासीलाई तत्काल लालपूर्जा वितरण गर्नुपर्ने माग गर्दै त्यसो नगरे कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो। उहाँले सरकार सुकुम्बासीलाई झुक्याउने र ढाँट्ने काममा लागेको आरोप लगाउँदै लाखौं भूमिहीन, किसान, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि आन्दोलन अपरिहार्य बन्न सक्ने बताउनुभयो।

त्यस्तै, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीका लागि बनेका ऐन–कानुनसमेत कार्यान्वयन नगरेर गरिब नागरिकमाथि अन्याय गरेको आरोप लगाउनुभयो। उहाँले जनतालाई झुटा आश्वासन दिएर शासन सञ्चालन गर्ने प्रवृत्ति त्याग्न सरकारलाई आग्रह गर्नुभयो।

कार्यवाहक अध्यक्ष परिश्रमीले सरकार राष्ट्रियताको विषयमा समेत गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाउँदै देश कुनै एक सरकारको मात्रै नभई सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति भएकाले जनताको अधिकारमाथि हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिनुभयो।

सुकुम्बासी संगठनहरूले भूमिहीन नागरिकको समस्या समाधानका लागि लालपूर्जा वितरणको प्रक्रिया तत्काल अघि नबढाइए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत बताएका छन्।




भर्खरै