३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
अ+ अ-

काठमाडौं । चर्चित हास्य कलाकार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

गिरीले सामाजिक सञ्जालमार्फत दीपाश्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यो साता आफ्नो टोलीका लागि अत्यन्त चुनौतीपूर्ण र कठिन समय रहेको बताएका छन्।

गिरीका अनुसार चलचित्रको सुटिङकै क्रममा दीपाश्रीलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भएको र उपचारका लागि भारत जानुपर्ने सुझाव पनि धेरैबाट आएको उनले उल्लेख गरेका छन्। तर अन्ततः नेपालकै वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।

गिरीले लेखेका छन्, “भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो। हाल उहाँ आईसीयूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ। आशीर्वाद दिने दर्शक तथा शुभचिन्तकहरू तथा उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद। जय पशुपतिनाथ।”

शल्यक्रिया सफल भएपछि दीपाश्री हाल चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेकी छन्। उनका शुभचिन्तक, कलाकार तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

दीपाश्रीलाई स्वास्थ्य लाभको कामना गर्न प्रख्यात संगीतकार शम्भूजीत बासकोटा, बरिष्ठ कलाकार निर्मल शर्मा लगायतका श्रष्टाहरु अस्पताल पुग्नु भएको थियो ।

दीपाश्री निरौला नेपाली हास्य तथा चलचित्र क्षेत्रमा लोकप्रिय कलाकारका रूपमा परिचित छन्। टेलिभिजन धारावाहिक ‘तितो सत्य’ देखि ‘छक्का पञ्जा’ चलचित्र शृंखलासम्म उनले अभिनय र निर्देशनमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिएकी छन्।