१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक

राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्युनिकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तिब्र बनाएको छ ।

प्राधिकरणको आईतवार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोईरालाले मनसुन अवधिमा जनधनको क्षति न्युनिकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताउनु भयो ।

उहाँकाअनुसार असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार सबै क्लस्टर लिडर, को–लिडर, सडक, सिंचाई लगायतका विभागीय प्रमुख तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीस्तरीय निर्देशन कार्यान्वयनको प्रगति विवरण संकलन गरिएको हो । संकलन गरिएको विवरण गृहमन्त्रीलाई बुझाउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सबै क्लस्टरका लिडर, को–लिडर, सडक, सिंचाईलगायत सम्बन्धित विभागका महानिर्देशक तथा विपद् सम्पर्क व्यक्तिहरूलाई बोलाएर मन्त्रीज्यूले दिएको निर्देशनअनुसार भएका प्रगतिका विवरण संकलन गरेका छौँ । संकलित प्रतिवेदन मन्त्रीज्यूसमक्ष पेश गर्नेछौँ । यो–यो खालको हामीले पायौँ, यति–यति काम भएको रहेछ भनेर हामीले अद्यावधिक विवरणहरू पेस गर्न बैठक बसेको हो ।’

उच्च शतर्कता अपनाउन आग्रह

उहाँले हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार आईतवार राति र सोमबार पूर्वीक्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च शतर्कता अपनाउन आग्रह गर्दै एड्भाइजरी जारी गरिएको छ ।

प्राधिकरणले नागरिकलाई जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा प्राधिकरणले जारी गर्ने एड्भाइजरी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ । समयमै सूचना पालना गरेमा जनधनको क्षति न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘असार ५ गतेदेखि हामीकहाँ मनसुन भित्रियो, अहिले मनसुनको फेज चलिरहेको छ । हामीले जल तथा मौसम विज्ञान विभागले जुन विशेष बुलेटिन जारी गर्छ, त्यसमा हामी एड्भाइजरी पनि जारी गर्छौं । आज राति अनि भोलि पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा भारी वर्षा पर्छ भन्नेछ । सोहीअनुसार हामीले एड्भाइजरी जारी गरेका छौँ, हामी अहिले टोटल हामी मनसुनकै तयारीमा छौँ । हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एड्भाइजरी अलि राम्रोसँग हेरिदिने र त्यसअनुसार आफ्नो आचरण गरेमा हामी जन र धनको जोगाउन सफल हुन्छौँ । त्यो अभियानमा हामी लागेका र्छौँ ।’

विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ । मनसुन अवधिभर जोखिमको अवस्था हेरेर आवश्यक सूचना र सतर्कता जारी गर्ने गरिएको प्रमुख कोईरालाले जानकारी दिनुभयो ।