२८ असार २०८३, आईतवार
,
Latest
हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन, विभिन्न क्षेत्रका कार्यक्रम प्रभावकारी बनाइने सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन



अ+ अ-

काठमाडाैँ । मधेस प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ ।

सभामुख रामअशिष यादवले आईतवार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गर्नुभएको हो । सभामुख यादवकाअनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सुक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रश्तुत  गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

कार्यदलले तत्कालै आफ्नो कार्य प्रारम्भ गर्ने र आवश्यकताअनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्नसक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

नवगठित कार्यदलमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन् । कार्यदलको सदस्यहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उपेन्द्र महतो, नेकपा (एमाले) बाट हरिनारायण महतो र नेपाली काँग्रेसबाट जंगीलाल राय रहनुभएको छ । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद यादव, जनमत पार्टीबाट सञ्जय यादव, संघीय समाजवादी पार्टीबाट विमला अंसारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरिता ठाकुर सदस्य हुनुहुन्छ ।

प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो । गठित कार्यदलले विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षहरूसँग घनीभूत छलफल गरी सहमतिका आधारमा ठोस सुझाव पेश गर्नेछ । सोही प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्गप्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।