२८ असार २०८३, आईतवार
,
Latest
पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू प्रस्तावित औद्योगिक सम्पती विधेयकले ब्राण्ड र बौद्धिक सम्पती संरक्षण गर्ने मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन पोखरामा अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ सदस्य पक्राउः २० करोड रुपैयाँको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार झापाबाट काठमाडौं आएका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए। उक्त जानकारी प्राप्त भएपछि प्रहरी टोलीले विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न नमिल्ने भन्दै उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएपछि भक्तपुरस्थित उनको निवासमा पुर्‍याएर छाडेको जनाएको छ।

विमानस्थल सुरक्षा संवेदनशील तथा निषेधित क्षेत्र भएकाले त्यहाँ पूर्वअनुमतिबिना कुनै पनि सार्वजनिक कार्यक्रम वा पत्रकार सम्मेलन गर्न नपाइने व्यवस्था रहेको प्रहरीले जनाएको छ।