२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१८ स्थित तपिंताँ उद्यानमा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको प्रतिमा अनावरण भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा कार्यवाहक महानगरप्रमुख सुनिता डङ्गोलले प्रतिमा अनावरण गर्नुभयो । स्वर्गीय सिंहको प्रतिमा रु नौ लाख ३८ हजारको लागतमा निर्माण भएको हो ।

उक्त प्रतिमा मूर्तिकार श्याम तुलाधरले बनाउनुभएको हो । उक्त उद्यानमा १८ नं वडाले मनमोहन अधिकारी, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर र शङ्खधर साख्वाको प्रतिमा पनि राखेको छ ।

यसैगरी, किलागलमा स्वरसम्राट नारायण गोपाल, तुन्छे गल्लीमा कवि चित्तधर हृदय र वडा कार्यालयमा चन्द्रानन्द नेवाको प्रतिमा पनि स्थापना गरिएको छ । रासस