२९ श्रावण २०८३, शुक्रबार
,
Latest
‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान



फाइल फोटो
अ+ अ-

कपिलवस्तु। जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सिसीटिभी जडान गरिएको छ ।

स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सिसीटिभी जडान गरेको हो ।

उक्त कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा १४ वटा सिसीटिभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार तथा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानमा सिसीटिभी जडान गरिएको हो ।

आपराधिक गतिविधि नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सिसिटिभी जडान गरिएको उहाँले बताउनुभयो । रासस