१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तानसेन नगरपालिकाको राजस्व पाँच करोड बढी



अ+ अ-

पाल्पा । तानसेन नगरपालिकाले आव २०७७/०७८ मा रु पाँच करोड ७६ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड– १९ को सङ्क्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा रु दुई करोड ६८ लाख ८५ हजार सङ्कलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख मधुसुदन घर्तीले बताउनुभयो ।

शाखा प्रमुख घर्तीका अनुसार पछिल्ला वर्ष नौ करोड पुर्‍याउने लक्ष्य रहे पनि कोरोनाले राजस्व सङ्कलनमा प्रभावित भएको हो । नगरपालिकामा जनप्रतिनिधि आएपछि झण्डै ठूलो मात्रामा राजस्वमा वृद्धि भएको हो । नगरपालिकाले १८ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । राजस्व सङ्कलन गर्न सचेतना अभियान नै सञ्चालन गरिएका थियो । 

नगरपालिकाले सम्पत्ति, भूमि, घरबहाल, बहाल विटौरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने, अन्य मनोरञ्जन, व्यवसाय कर, सरकारी सम्पत्तिको बहालबाट प्राप्त रकम, अन्य बिक्रीबाट प्राप्त रकमबाट राजस्व प्राप्ति हुँदै आएको छ । 

त्यसैगरी अन्य सेवा शुल्क, न्यायिक दस्तुर, अन्य प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सापास दस्तुर, सिफारिस दस्तुर, अन्य दस्तुर, प्रशासनिक दण्ड, जरिवान र जफत गरी राजश्व प्राप्ति हुन्छ । नगरपालिकाले आन्तरिकरुपमा रु चार करोड ४६ लाख ७७ हजार ६१५ राजस्व प्राप्ति भएको शाखा प्रमुख घर्तीले बताउनुभयो । राजस्व बाँडफाँटबाट रु एक करोड २८ लाख ६६ हजार ४५७ प्राप्त गरेको थियो । आव २०७६/७५ मा रु पाँच करोड ७८ हजार राजस्व प्राप्ति भएको थियो । रासस