२ भाद्र २०८३, मंगलवार
,
Latest
दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई ट्रम्पको चेतावनीः मेरो हत्या प्रयास भए इरान ध्वस्त बनाइदिन्छु



अ+ अ-

दुबई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने योजना बनाएको भन्ने सूचनाहरु आइरहेको भन्दै यदि आफ्नो हत्या प्रयास भयो भने सिंगो इरान ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

उनले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि थप हजारौं मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले इरानमा प्रहार गर्नका लागि अमेरिकाले एक हजारवटा मिसाइल तयारी अवस्थामा राखिएको पनि बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्— एक हजार मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन् । यदि इरानी सरकारले विश्वका धेरै कुनाहरूमा दाबी गरे जस्तै मलाई हत्या गर्ने प्रयास ग¥यो तुरुन्तै अरू हजारौं मिसाइलहरू प्रहार गरिनेछन् । यस्तो आक्रमणको आदेशहरू दिइसकिएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी सेना इरानका सबै क्षेत्रहरूलाई पूर्णरूपमा ध्वस्त र नष्ट गर्न तयार, इच्छुक र सक्षम रहेको पनि बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्— यदि मेरो हत्याको प्रयास भयो भने सारा इरान ध्वस्त हुन्छ, त्यसका लागि अमेरिका तयार छ, सक्षम छ ।