१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपिए

सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपिए
अ अ+ अ-

पर्वत। नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरूप विसं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा दुई हजार ५०० बिरुवा रोपिएको हो ।

गत वर्षदेखि सुरु भएको उक्त अभियानअन्तर्गत डिभिजन वन कार्यालय पर्वतको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा जीवनोपयोगी बिरुवा रोपिएको हो । कुश्मा नगरपालिका-७ मा रहेको भड्खोरे सामुदायिक वन, वडा नं २ मा रहेको कालीगण्डकी छमर्केपातल सामुदायिक वन, जलजला गाउँपालिकामा रहेको एकसल्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।

अभियानअन्तर्गत करिब दुई हजार ५०० बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फलफूलजन्य बिरुवा रोपी उपभोक्ताको आयआर्जनमा सुधार गर्दै वन्यजन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्‍याउने उद्देश्यले यस वर्ष झण्डै दुई हजार ५०० बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आँप, कटहर, लिची, अम्बा, टिमुर, अमलालगायत पहाडी भेगमा रुख बनेर फल्ने फलफूल जातलाई सामदायिक वन, कबुलीयती वन र सार्वजनिक र खाली रहेको जमिनमा रोपण गरिएको हो । स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा बिरुवा रोपिएको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयले निःशुल्क रूपमा उपलब्ध गराएका ती बिरुवाको रेखदेख र संरक्षणको जिम्मा भने उपभोक्ता समितिको रहने छ । यसबाट भएको आम्दानीसमेत उपभोक्ता समितिले नै लाभ लिनसक्ने भएका छन् । बिरुवा रोपनमा जिल्लास्थित सरकारी तथा सुरक्षा निकायले पनि सहजीकरण गरिरहेका वन कार्यालयले जनाएको छ ।

अहिले रोपिएका बिरुवाको उचित संरक्षण भएमा दुई वर्षभित्र आम्दानी हुन थाल्नेछ । यसले बाँदरसहित अन्य वन्यजन्तुको आतङ्क न्यूनीकरण गर्नुका साथै स्थानीयवासीको आयआर्जनमा सुधार गर्दै समग्र जलवायु परिवर्तको असरलाई न्यूनीकरण गर्ने डिभिजन वन कार्यालयका वनअधिकृत राजेश पोख्रेलले जानकारी दिनुभयो ।

विशेषगरी कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनको असरलाई अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावीपुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्यले वृक्षरोपण अभियान थालिएको पोख्रेलले जानकारी दिनुभयो ।

यसबाहेक कार्यालयमार्फत घाँससहित विभिन्न प्रजातिका गरी करिब ३० हजार बिरुवासमेत वितरण गरिएको छ । घाँस, फलफूल, जडिबुटीलगायत बिरुवा कार्यालयले निःशुल्क रूपमा वितरण गरेको हो ।

यस्तै, भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि बाँस, निगालो, राईखन्यु, बडहरलगायत विभिन्न प्रजातिका २० हजारभन्दा बढी बिरुवा वितरण गरिएको जनाइएको छ । रासस