१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर

एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
अ अ+ अ-

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ ।

पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् । रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सङ्घीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ । उहाँका अनुसार सङ्घीय सरकारको रु एक करोड ३५ लाखबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ । धारा निमार्ण भएपछि यहाँ मन्दिरमा आउने तिर्थालुले स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी राधुनी मन्दिर परिसरमा सङ्घीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी रु दुई करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको छ । साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु ५० लाखबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ । गुठी संस्थानको रु पाँच लाख सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् । साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढेको छ ।

इटहरीबाट घुम्न आउनुभएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको आकर्षण थप बढाएको बताउनुभयो । यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ ।

व्यवस्थापन समितिका अनुसार मन्दिरमा भक्तजनको आगमन बढ्दै गएको छ । प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।  रासस