१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवनमा मोबाइल नेटवर्क विस्तार
अ अ+ अ-

चितवन। नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रवन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका–२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर–पटिहानी सडकखण्ड, टिकौली–रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उहाँका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ ।  प्रमुख चौधरीले भन्नुभयो, “भीडभाड हुने अन्य स्थानमा पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै गएका छौँ ।”

माडी जाने चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या रहने भएकाले नेटवर्क विस्तारमा चुनौती रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा सिमलढाप, तिरुवा डाँडा (कालिका–१), पन्याडाँडा, चौकीडाँडा, मोहना, खैरहनी र मङ्गलपुरलगायतका क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीमध्ये केही स्थानमा नयाँ टावर निर्माण गरिएको छ भने विद्युत् सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालन हुने टावर जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

हाल जिल्लाभर १३२  मोाइल टावर बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) सञ्चालनमा रहेका छन् । भौगोलिक विकटता, अग्ला रुख तथा घरका संरचनाका कारण केही स्थानमा अझै नेटवर्क समस्या देखिने गरेको प्रमुख चौधरीले बताउनुभयो । जनघनत्व वृद्धि, विशेष कार्यक्रम तथा भीडभाडका समयमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता बढ्ने भएकाले आवश्यकताअनुसार अतिरिक्त उपकरण जडान गर्दै सेवा क्षमता विस्तार गरिएको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षमा तत्काल १० वटा नयाँ मोबाइल टावर निर्माण गरिने र आवश्यकता तथा मागका आधारमा जिल्लाका अन्य स्थानमा पनि थप टावर निर्माण तथा क्षमता विस्तार गरिने प्रमुख चौधरीले जानकारी दिनुभयो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुने समस्यालाई समाधान गर्न पश्चिम चितवन, दिव्यनगरलगायतका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा ब्याकअप प्रणाली विस्तारको कामसमेत अघि बढाइएको उहाँले बताउनुभयो ।

“विद्युत् अवरोध हुँदा सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले ब्याट्री ब्याकअप र वैकल्पिक ऊर्जा प्रणाली थप सुदृढ बनाउँदै गएका छौँ,” प्रमुख चौधरीले भन्नुभयो । रासस