१ असार २०८३, सोमबार
,
Latest
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताउनुभएको छ ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल भारत मैत्री समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गान्धीका कालजयी र मानवतायुक्त विचार, व्यवहार र योगदानका बारेमा लामो चर्चा गर्न सकिने भन्दै ती विचारहरु पुराना नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “गान्धीले सत्यका पक्षमा उभिन प्रेरित गर्नुभयो र आफू पनि उभिनुभयो । यो कहिले पनि पुरानो हुँदैन । त्यसबेलाको औपनिवेशिक भारतलाई कसरी स्वाधीन बनाउने भन्नेमा गान्धीको शान्तिपूर्ण विचार बलियो साबित भएको थियो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विज्ञान र प्रविधिका कारण आम विनाशकारी हतियार र विस्फोटक पदार्थ उत्पादन र स्वार्थका लागि हतियारको प्रयोग गर्ने गलत बाटोलाई गान्धीपथले स्वीकार्दैन । दुनियाँलाई हिंसा र त्रासबाट मुक्त राख्न जरुरी छ ।”

पारस्परिक विश्वास र शान्तिपूर्ण सहअस्तित्व, एकअर्काले निर्भयपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भन्दै उहाँले हिंसाका तयारी रहँदा शान्तिको दिशामा विश्व आश्वस्त हुन नसक्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गान्धी बिसौँ शताब्दीका महान् र आत्मिक चिन्तनयुक्त व्यक्तित्व भएको बताउँदै गतिशील र परिवर्तनशील समाजमा पूर्ण मानव बन्नका लागि भौतिक विकाससँगै आत्मिक सुखलाई पनि सँगसँगै लानुपर्ने बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि अहिलेको विश्वव्यापीकरणका सन्दर्भमा आणविक हतियारबाट होइन शान्तिपूर्ण दबाब र सत्याग्रहको गान्धीपथ सामयिक हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव, नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत मञ्जिब पुरीलगायत उपस्थिति हुनुहुन्थ्यो ।




भर्खरै