३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम
अ+ अ-

काठमाडाैँ । वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् ।

अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताउनुभयो । टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुगमन गरेको थियो । अवलोकन पछि तयार पारी बुझाएको प्रतिवेदनमा जैविक जोखिमयुक्त फोहरलाई सामान्य फोहरसँग मिसाएर व्यवस्थापन गरिएको उल्लेख छ । फोहरको वैज्ञानिक वर्गीकरण नभएको तथा सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार नभएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानले जानकारी दिनुभयो ।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ । फोहर व्यवस्थापन ऐन, २०६८ तथा स्वास्थ्य संस्थाको फोहर व्यवस्थापन निर्देशिका, २०२० ले स्वास्थ्य संस्थाबाट निस्कने जैविक जोखिमयुक्त फोहरको वर्गीकरण, सङ्कलन, भण्डारण, ढुवानी र अन्तिम व्यवस्थापनका स्पष्ट मापदण्ड तय गरेका छन् । व्यवहारमा कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा स्वास्थ्य संस्थाबाट निस्कने फोहर स्वयं सार्वजनिक स्वास्थ्य र वातावरणका लागि गम्भीर चुनौती बन्दै गएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाम यस समस्याको प्रतिनिधि उदाहरणका रूपमा देखिएको छ । बिरामी उपचारका लागि अस्पताल पुग्छन् र स्वस्थ भएर घर फर्कने अपेक्षा गर्छन् । उपचारपछि निस्कने जैविक जोखिमयुक्त फोहरको उचित व्यवस्थापन नहुँदा स्वास्थ्य सेवा प्रणाली नयाँ सङ्क्रमण र प्रदूषणको स्रोत बन्ने जोखिम बढिरहेको छ । जनस्वास्थ्य विज्ञ डा कालीप्रसाद यादव प्रयोग भइसकेका सिरिन्ज, सुई, रगतले दूषित सामग्री, प्रयोगशालाका नमुना, शल्यक्रियापछि निस्कने जैविक पदार्थ तथा औषधिजन्य अवशेषजस्ता फोहर सामान्य फोहरभन्दा धेरै जोखिमयुक्त हुन्छ, भन्नुहुन्छ ।

उक्त सामग्रीको वैज्ञानिक व्यवस्थापन नभए हेपाटाइटिस–बी, हेपाटाइटिस–सी, एचआइभी तथा अन्य सङ्क्रामक रोग फैलिने सम्भावना रहन्छ । स्वास्थ्य सेवा विस्तारसँगै जनकपुरधाम क्षेत्रमा स्वास्थ्य संस्थाको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहले उपमहानगरपालिकाअन्तर्गत २६ र प्रदेश सरकारअन्तर्गत ५० भन्दाबढी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १९ मा डम्पिङसाइट स्थापना गरी नगरको फोहर व्यवस्थापन गर्दै आएपनि स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहरका लागि छुट्टै वैज्ञानिक प्रणालीको आवश्यकता देखिएको छ ।