१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा ७१ जना फरार कैदीबन्दी पक्राउ



अ+ अ-

काठमाडाैँ । कञ्चनपुर प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिएको छ । अदालतबाट कैद सजायका साथै जरिवाना तोकिएर फरार रहेका विभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले जिल्लाभर विशेष सक्रियता बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गत वैशाख यता हालसम्म ७१ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत पेस गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ गत वैशाखमा ३४ जना, जेठमा १४ र असारको हालसम्म २३ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

“ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ गर्ने क्रम निरन्तर छ”, प्रवक्ता रावतले भन्नुभयो, “कैद सजाय तोकिएका अभियुक्तहरु अदालत हुँदै कारागार चलान भइरहेका छन् ।” फरार अभियुक्त पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन भएका छन् । “अदालत र प्रशासन कार्यालयबाट फरार अभियुक्तहरुको लिष्ट मागेर हामी खोजी कार्यमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “अपराध गरेर फरार रहेपनि कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय रहन्छ ।”