२५ असार २०८३, बिहीबार
,
Latest
स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयकमाथि दफाबार छलफल भएको छ ।

बैठकमा संशोधन प्रस्ताव दर्ता गराएका सदस्यका प्रस्तावमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिमा छलफल जारी छ । समितिका सभापति कृष्णबहादुर रोकायले आजै राष्ट्रियसभाको बैठकमा ती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

अध्यादेशलाई प्रतिस्थापन गर्न जारी गरिएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ छन् ।