काठमाडौँ । प्रतिनिधिसभा बैठकको प्रत्यक्ष रिपोटिङका लागि पत्रकारलाई रोक लगाइएको छ । आजको बैठकमा संसद् भवनभित्र पत्रकार बस्ने कक्षमा सञ्चारकर्मीलाई प्रवेश गर्न संसद् सचिवालयले रोक लगाएको हो ।
प्रतिनिधिसभामा रहेको पत्रकार कक्षमा प्रवेश गर्न खोज्दा मर्यादापालकहरुले पत्रकारलाई माथिको आदेश भन्दै रोक लगाएका हुन् ।