९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?



अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष राजवंशीले खेतीको मुख्य समयमा रासायनिक मलको अभाव हुँदा किसानहरू समस्यामा परेको बताएका छन्। उनले सरकारले तत्काल पर्याप्त मलको व्यवस्था गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राजवंशीले कृषि उत्पादन र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।

‘म भात खान्छु, सरकारले पनि भात नै खान्छ होला। त्यो भात धानबाट आउँछ, धान किसानको खेतमा फल्छ र त्यसका लागि मल आवश्यक पर्छ,’ उनले भने।

कृषिप्रधान देशमा हरेक वर्ष किसानले मल अभावको समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले यस्तो अवस्था कहिलेसम्म रहने भन्ने प्रश्न गरे।

राजवंशीका अनुसार अन्नको भण्डार मानिने पूर्वका झापा, मोरङ र सुनसरी जिल्लामा हालसम्म करिब २८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ भने ७२ प्रतिशत रोपाइँ अझै बाँकी छ।

कृषि मन्त्रालयको सूचनाअनुसार करिब दुई सातापछि मल आउने तयारी रहेको उल्लेख गर्दै उनले उक्त मल समयमै किसानको खेतबारीसम्म पुग्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे।